“तानाशाहरुको तरवारको धार भुत्तिन्छ एक दिन.....”
आरजु विष्ट “सल्यानी”
विश्वका निरंकुश शासक तथा तानाशाहहरुको विरुद्धमा बेला बेलामा सत्ता बर्हिगमनका, परदेश शरणका वा आम जनता माझ मृत्युवरणका घनटाक्रमहरु हुँदै आएका छन् । उनिहरुलाई सखाप पार्नको लागि हरतवरका आन्दोलन पनि हुँदै आएका छन् ।
अहिले मिश्रमा राष्ट्रपति होस्नि मुवारक विरुद्धको आन्दोलनको एउटा ताजा संस्करणले यहि पुष्टि गरेको छ । हुन त मुवारक मात्रै विश्वमा रहेका देशहरुमा एक मात्रै तानाशाह भने होईनन् । तर तानाशाहरुको नमिठो बर्हिगमन उनिहरु जति नै लामो समयसम्म सत्तामा टिकिरहे पनि एक दिन पदच्यूत हुनु नै पर्छ ।
३० वर्ष देखि इजिप्टमा शासन गर्दै आएका राष्ट्रपति होस्नि मुवारकको हालत पनि यहि भयो कि उनले ३ दशकसम्म आफ्नो काबुमा राखिरहेको शासन सत्ताको ताला फोडिएको छ र नयाँ ताला, नयाँ चाँवि दोश्रो पक्षको पहुँचमा पुगेको छ । एक महिनासम्म चलेको राष्ट्रपति विरुद्धको आन्दोलनको नराम्रो झट्का र त्यसको शिकार होस्नि नै हुनु पर्यो ।
होस्निको लागि नमिठो रात फेब्रुअरी ११ २०११ को शुक्रवारको रात भयो । उनि सडकमा उर्लिएको लाखौंको जनसागरको बुलन्द आवाजको विरुद्धमा जान सकेनन्, न त त्यहाँको सैनिकले नै राष्ट्रपतिको पक्षपोषण गरेको पाईयो । रातारात राष्ट्रपति पदबाट राजिनामा दिएर होस्नि रेड सि–स्थित अल शेख रीसोर्टमा रहेको घरमा चुपचाप पुगे । मुवारकले सत्ता छोडेको र सेनालाई सुम्पेको सूचना उपराष्ट्रपति ओमर सुलेमानले सरकारी मिडियाबाट सुनाउने बित्तिकै प्रदर्शनकारीहरुले हात हातमा झण्डा हल्लाउँदै शहरका विभिन्न भागमा जम्मा भएर खसियाली पनि मनाएका छन् । जनताले चाहे भने विश्वका कुनैपनि मुलुकमा कुनै पनि किसिमको नामधारी तानाशाहको अवसान ढिलो÷चाँडो हुन्छ यो सत्य हो ।
आखिर जनताले यस्तै नारा लगाउँछन् जितमा “यो जित हो जनताको, जनताले तानाशाहको शासनलाई अन्त्य गरीदियो ।” ३० वर्षको शासनकालमा मुवारक निरंकुश बनेको, भ्रष्टाचारमा लिप्त भएको, बेरोजगारी वढेको लगाएतका आरोप लाग्नु नौलो होईन । हजारौं घाईते र झण्डै ३ सयको मृत्युको पाप उनलाई पनि लाग्यो । यो घटनाले इजिप्टमा तानाशाही शासकलाई मात्रै गिराएको मान्नु हुँदैन, जनताको शासनको लागि प्रतिवद्ध रहेको विश्व समुदायलाई नै चनाखो बनाएको छ भने तानाशाहहरुलाई पाठ सिकाएको हुनुपर्छ ।
तानाशाहहरुको इतिहास जति पूरानो छ, त्यति उनिहरुको लामो फेहरीस्त पनि छ । इतिहासले जवरजस्ति सत्ता हत्याएका, सत्तामा बस्नेहरुलाई फाँसिसम्मको सजाय दिईएको देखाउँछ भने वर्तमान र भविष्यमा पनि निरंकुशताको नालिवेलि र बेलिबिस्तार गरीरहने छ । उस्तै महत्वाकांक्षा बोकेर फेरी सत्तामा जानेहरु पनि देखिएका छन्, उनिहरुलाई के भन्ने,
मारीने कारणहरुमा इराकमा सद्धाम हुसेन तानाशाह बनेकै कारण एक हो, उनले आफ्ना आफन्त र ज्वाई खलकलाई समेत सखाप पारेका थिए । तर यसको पछाडि शक्ति राष्ट्रको दूदृष्टि इराकमाथि त्यहाँको भूगर्भमा भएको तेलिय सागर र अनुकुलको पाइपलाईन आफ्नो पहुँचको क्षेत्रसम्म लैजानु रहेको विष्लेषण पनि गर्ने गरीएको छ । त्यहाँ निहु बन्यो खतरर्नाक हतियार रहेको भूत चढ्नु र सद्धामको निरंकुशता ।
बेरोजगारी, भोखमरी तथा भ्रष्टाचारको कारण ट्यूनिसियाबाट शुरु भएको क्रान्तिको सिकार हालका दिनमा मिश्र बन्यो । मिश्रमा होस्नि मुबारकको ३० वर्षे शासनबाट वाक्क भएका सरकारका विपक्षिहरुले हजारौंको संख्यामा बितेको एक महिनामा दिनहुँ प्रदर्शन गरीरहे । अब विश्वको अहिलेको परीवेश यस्तो रहेको बेलामा अब अर्को उथलपुथल र जनक्रान्तिको निसाना कहाँ, को हुने हो भविस्यको गर्भमै रहेको छ ।
चीनमा वर्ष २००२ मा सत्तामा ६३ वर्षिय हु जिन्ताओ रहे । केहि चिनिया नागरीकको आर्थिक उदारीकरणको फाईदा धनवान भएर मिलेको छ भने जहाँको प्रति व्यक्ति आय प्रतिदिन औसत एक डलर रहेको छ ।
पाँच प्रतिशत आपराधिक मुद्धा अदालतमा गएका पाईन्छन् भने मृत्यु दण्डको लागि चीन अगाडी नै रहेको छ । त्यहाँ सजाय दर ९९.७ प्रतिशत रहेको छ । चीनमा कुनै निजि टेलिभिजन तथा रेडियो स्टेशन रहेका छैनन् । कडा सेन्सरसिप कानून अनुसार चल्ने सरकारले इमेल, फोन, फ्याक्स, लिखित सन्देश तथा पाठ्य सामग्री लगाएतमा पूर्ण निगरानी राख्ने गरेको छ ।
सन २००८ मा भएको ओलम्पिक खेलको लागि लगभग ४ लाख मानिसलाई आ–आफ्ना घरबाट निकालिएकोे थियो । हालै मिश्रमा भएको आन्दोलनको कारण चीनमा मिश्र शव्दलाई नै ईन्टरनेट सर्च इन्जिनमा सर्च गर्न समेत रोक लागईयो ।
१९९५ बाट सत्तामा रहेका साउदी शाह किङ्ग अव्दुल्ला हुन । तर २००५ पछि वादशाहको रुपमा रहन सकेका छैनन् । ८२ वर्षिय किङ्ग अव्दुल्ला उनका सौतेली भाईको अवसानपछि सत्तामा पुगेका हुन ।
साउदीमा फोन कल रेकर्ड हुने गरेको छ भने क्यामरा भएका मोवाईल अधिक स्थानमा रोक लगाईएको छ । कानून अनुसार सबै साउदी नागरीकलाई मुस्लिम हुन अनिवार्य व्यवस्था रहेको छ । कुनै महिलालाई नातामा पर्ने बाहेकका व्यक्तिसंग सार्वजनिक स्थानमा हिड्न बन्देज लाग्दै आएको छ । जहाँ महिलालाई आफ्नो अनुहार पूरै छोप्नुुपर्ने र शरिर पूरै ढाक्नुपर्ने कडा नियम रहेको छ । अँझ उनिहरुलाई गाडी चलाउन स्वतन्त्रता पनि छैन ।
६२ वर्षिय बशिर १९८९ मा एक विद्रोहको नेतृत्व गरेपछि सत्तामा पुगेका तथा आजसम्म सुडानको सर्वेसर्वा भएर रहेका छन् उनि । पश्चिमी सुडानको दारफुरमा फेब्रुअरी २००३ बाट अहिलेसम्म बशिरको शासनकालमा १ लाख ८० हजार मानिसको मृत्यु भईसकेको छ भने २० लाख भन्दा वढि बेघरबार भएको पाईन्छ ।
वर्ष २००५ मा बशिरले दक्षिणी सुडानको सबैभन्दा ठूलो गैर इस्लामिक विद्रोही समूहको साथ एक शान्ति सम्झौता गरीएको थियो, जस्को कारण उक्त समूहका नेता जोन गराङ्गले ज्यान गुमाउनु परेको थियो । बशिरका सैनिकको बर्चस्व अहिलेसम्म पनि कायम रहेको छ । अहिले उत्तरी अफ्रिकामा फैलिएको चिन्ताबाट सुडान पनि बिचलित भएको छ
बशिर अल असद (सिरीया) ः आफ्ना पिता मार्फत सन २००२ मा सत्तामा गएपछि बशिर अन्तराष्ट्रिय आलोचनाका केन्द्र बनेका छन् । असदमाथि लेबनानका भूतपूर्व प्रधानमन्त्रीको हत्यामा सिरिया सामेल भएको आरोप लागेको छ । १९६३ बाट सिरीयामा आपतकाल लागिरहेको छ । अन्तराष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेस्टि इन्टरनेशनलले सिरीयामा यातना दिनको लागि ३८ वटा विधि अपनाउने गरीएको उल्लेख गरेको छ ।
किम जोङ ली उत्तर (कोरीया) ः उत्तर कोरीया परमाणु कार्यक्रमको लागि आलोचित बन्दै आएको मुलुक हो भने अन्तराष्ट्रिय सुविधाबाट पनि कटौतीको निगरानीमा परेको मुलुक हो । परमाणु कार्यक्रमको श्रेय शासक किम जुङ ली लाई जाने गरेको छ । त्यहाँ उनको शासन १९९४ बाट छ ।
उत्तर कोरीयामा प्रेस स्वतन्त्रता नभएको जस्तै छ । त्यहाँ लगातार ३४ वर्षसम्म राजनीतिक अधिकार तथा नागरीक स्वतन्त्रताका मुद्धाहरु दबेर रहेका छन् । ६३ वर्षिय किमको शासनकालमा अहिलेसम्म लगभग २ लाख ५० हजार मानिस मारीएका छन् भने त्यतिकै संख्यामा जेलमा बन्दि बनाईएका छन् । संसारको दृष्टि पुगेको उत्तर कोरीयालाई चीनको समर्थन रहेकोे छ भने अमेरीकाले पनि टुलुटुलु उस्लाइै हेरीरहेको छ ।
तसर्थ, कुनैपनि देशको राजनीतिक परीवर्तन पछिको समयमा कुनैपनि शक्तिले आफ्नै इतरको सर्वोच्चताको कुरा गर्यो भने त्यो संभव नहुने सत्य हो, यस्लाई बुझ्न जरुरी छ । बरु सबैलाई आफ्नो बनाउन सके, अपनत्व दर्शाउन सके त्यहि नै दीर्घकालसम्मको लागि आधार हुन सक्नेमा दुविधा नहोला । नमस्कार......
No comments:
Post a Comment